जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा अवैध मृगौला व्यापार गर्ने गिरोहका ४ जना पक्राउ, ९० पीडितको पहिचान

पाकिस्तानमा अवैध मृगौला व्यापार गर्ने गिरोहका ४ जना पक्राउ, ९० पीडितको पहिचान

लाहोर— पाकिस्तानको पञ्जाब पुलिसले अवैध अंग बिक्री गर्ने गिरोह पक्राउ गर्न सफल भएको छ ।

पाकिस्तानको स्थानीय प्रहरीले लाहोरमा ९० जना व्यक्तिको शल्यक्रिया गरी मिर्गौला निकाल्ने चार जनालाई पक्राउ गरेको एआरवाई न्यूजले उल्लेख गरेको छ।

प्रहरी उपरीक्षक (एसपी) सिद्रा खानका अनुसार उक्त गिरोहले लाहोरमा ९० जनाको मृगौला निकालेको आरोप छ। पीडीतलाई रोजगारीको झूटो बहानामा एक निजी फार्महाउसमा उनीहरुले मृगौला निकाल्ने काम गर्ने गरेका थिए ।

एआरवाई न्यूजले एसपी सिद्रा खानलाई उद्धृत गर्दै आरोपीहरूले रोजगारीको बहानामा नागरिकहरूलाई उनीहरूसँग इस्लामाबाद लगेर निजी फार्महाउसमा अवैध मृगौला निकाल्ने गरेको उल्लेख गरेको छ ।

मृगौला निकाल्ने कार्यमा सहयोग गर्ने संलग्न चिकित्सकलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिहरूले अवैध मृगौला कारोबारमा संलग्न भएको आरोपमा कानुनी कारबाही भोग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options