
काठमाडौं । नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौंको एक अस्पतालमा परीक्षण गरिएको थियो ।
उक्त नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।