जोडिनुहोस
  • होमपेज
  • साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज शनिबार आफ्नो दोस्रो खेल खेल्दै छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले दोस्रो खेलमा आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

पहिलो खेल नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४-० ले हराएको थियो ।

समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन ।

भारत ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्न चाहन्छ ।

नेपालले हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।

नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका