जोडिनुहोस
  • होमपेज
  • बाबुराम भट्टराई भन्छन् – माओवादीले सत्य निरुपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने गरिसक्यो निर्णय

बाबुराम भट्टराई भन्छन् – माओवादीले सत्य निरुपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने गरिसक्यो निर्णय

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम नभएको बताएको छ । सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिव्यक्तिमा स्पष्टीकरण दिने त्रममा सो धारण उल्लेख गरेका छन् ।

‘ बाबुराम भट्टराईले भने,‘ आफूँ प्रधानमन्त्री भएको बेलामा पनि थुप्रै मुद्धाहरु दर्ता भएकाले गल्ति गर्नेलाई सजाय हुनुपर्छ तर कुुन कुरा जाहेज हो भनेर मुद्धा दर्ता गर्नुपर्छ । तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’

शुक्रबार सर्वोच्च अदालतले फौजदारी मुद्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा दर्ता गर्न सक्ने आदेश दिए पछि माओवादीले असन्तुस्टि जनाउँदै प्रतिवाद गरेको छ । यो संगै सत्तारुढ ९ दलले जनयुद्धकालीन अर्थात संक्रमणकालिन मुद्दा अघि बढाउन सत्य निरुपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14