
काबुल— अफगानिस्तानी नागरिकले राहदानी वितरणको प्रक्रियामा भएको सुस्तताप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूले तालिवानलाई यस मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको टोलो न्यूजले उल्लेख गरेको छ।
टोलो न्यूजले अन्तर्वार्ता लिएका आवेदकहरूले राहदानी जारी गर्नमा गम्भीर समस्या भोगिरहेको बताएका छन् ।
काबुलका एक निवासी हबिब रहमानले भने, ‘राहदानी वितरणको प्रक्रियालाई तीव्रता दिनुपर्छ, जनताले समस्या भोगिरहेका छन्।’
मैले करिब एक वर्षअघि राहदानीका लागि आवेदन दिएँ, तर अहिलेसम्म पाउन सकेको छैन,’ काबुलका अर्का बासिन्दा खलिलउल्लाहले भने।
‘राहदानी आवेदकहरुले राहदानी लिन धेरै वर्षदेखि प्रयास गरिरहे पनि पाएका छैनन् । मैले मेरो राहदानीका लागि अनलाइन फारम भरेको १५ महिना भइसक्यो, तर मैले अझै पाउन सकेको छैन र धेरै नागरिकहरु प्रतिक्षा गरिरहेका छन्,’ शादाबले भने।
राहदानी महानिर्देशनालयका प्रवक्ता नुरुल्लाह पटमानले राहदानी वितरणको प्रक्रिया सामान्य रुपमा अघि बढेको बताए ।
‘राहदानी विभागले जनताका लागि सुविधा ल्याउने र चाहिने देशवासीलाई राहदानी दिने काम गरिरहेको छ, धेरै आवेदकहरू छन्, हामी योजनाका आधारमा काम गरिरहेका छौं,’ उनले भने।
विभागको अनुसार काबुल र प्रान्तमा दैनिक ८,००० देखि १०,००० राहदानी वितरण भइरहेको जनाएको छ ।
टोलो न्यूजका अनुसार राजधानीमा राहदानी वितरणका लागि अन्य चार केन्द्रहरू खोल्ने प्रयास भइरहेको विभागले जनाएको छ।