जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारतीय नागरिक प्रविण भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उदयपुरको कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको भन्दै उनीहरुले त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका