दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-८ स्थित टोपाटारमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए । यस्तै टोपाटारमा ३ घर पुरिएको उनले जनाए ।
‘घटनास्थल जाँदै छु,’ उनले भने, ‘पहिरोले बस्तीका धेरै घर जोखिममा परेको छ । टेलिफोन सम्पर्क पनि हुन सकेको छैन।’
यस्तै गएरातिको वर्षाले उक्त वडाको सल्ले गाउँको २ घर बगाएको छ । १५ घर विस्थापित बनेको वडा अध्यक्ष शेर्पाले जनाए । दुर्गम भेग भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।