जोडिनुहोस
  • होमपेज
  • थाइल्याण्डको बैंककमा चिनियाँ भिखारी पक्राउ

थाइल्याण्डको बैंककमा चिनियाँ भिखारी पक्राउ

बैंकक— थाइल्याण्ड बैंककमा चिनियाँ भिखारीहरु पक्राउ परेका छन् । यद्यपी उनीहरु यातना, शारीरिक दुर्व्यवहार वा जबरजस्ती मानव तस्करहरूको सिकार नभएको थाइल्याण्ड सरकारले जनाएको छ।

नोभेम्बर १० देखि बैंककमा पैसाको लागि भीख माग्ने सात चिनियाँ पुरुष र एक महिलालाई पक्राउ गरिएको छ ।

उनीहरुले अनुहारको आकृती परिवर्तन गरेको वा हात वा औँलाहरू अपांग भएको पाइएको थियो।

अध्यागमन ब्यूरोका प्रमुख लेफ्टिनेन्ट जनरल इटिपोल इत्तिसार्नरोनाचाईले नोभेम्बर २७ मा एक पत्रकार सम्मेलनमा पक्राउ परेका चिनियाँले भिख माग्ने सिकेपछि स्वेच्छिक रूपमा थाइल्याण्ड प्रवेश गरेको स्वीकार गरेका थिए भने उनीहरूले दिनको १०,००० भात (२८० अमेरिकी डलर) सम्म कमाएको बताएको उल्लेख गरेका छन् ।

लेफ्टिनेन्ट जनरल इत्तिपोलले यस समूहको पहिलो व्यक्ति खेङ नाम गरेकी ४१ वर्षीया महिला पक्राउ परेको बताए।

उनलाई नोभेम्बर ११ मा सियाम स्क्वायर शपिङ मलको अगाडि रहेको स्काइवाकमा पक्राउ गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help