
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटवार्ता गरेका छन् ।
सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशका प्रमुखहरुसँग भेट गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रदेशको भूमिका बढाउने लगायत समसामयिक विषयमा छलफल भएको छ ।