समाचार
जी–२० शिखर सम्मेलनका लागि दिल्लीका सडकहरू सजाउन ६ लाख ७५ हजार फूलका बिरुवाहरू राखिदैँ

नयाँ दिल्ली— राष्ट्रिय राजधानीमा नयाँ दिल्लीमा जी–२० शिखर सम्मेलनसँग सम्बन्धित सडकहरू र बाटोहरूमा हरियाली बनाउने प्रयासहरू सुरु भएको छ । विभिन्न सडकलाई हरियाली र मनमोहक बनाउनको लागि ६ लाख ७५ हजार विभिन्न फूलको बोटविरुवाहरु शिखर सम्मेलन स्थल जोडिने ६१ सडक र स्थानहरू राखिएको छ ।
वन विभाग र दिल्ली पार्क र गार्डन सोसाइटीले ३ लाख ७५ हजार लाख, पीडब्लुडीले ५० हजार, डीडीएले १लाख, एनडीएमसीले १ लाख, एमसीडीले ५० हजार फूल फुल्ने र नफूल्ने फूल राखिएको छ । अहिलेसम्म ६१ सडकमा ४ लाख ५ हजार लाख फूल नफूल्ने विरुवाहरु राखिसकेको छ भने बाँकी रहेका भाँडाका फूलका बिरुवाहरू सेप्टेम्बरको पहिलो सातामा राखिने छ ताकि बिरुवाहरू जी–२० शिखर सम्मेलनको अवधिभर फुल्न सकून्। ।
बिरुवाहरूद्वारा सुशोभित गरिएका प्रमुख स्थानहरूमा सरदार पटेल मार्ग, मदर टेरेसा क्रिसेन्ट, तीन मूर्ति मार्ग, धौला कुआँ(आईजीआई एयरपोर्ट रोड, पालम टेक्निकल एरिया, इन्डिया गेट सी(हेक्सागन, मन्डी हाउस, अकबर रोड राउन्डअबाउट, दिल्ली गेट, राजघाट आदि रहेका छन् ।