
काठमाडौं – नेपालीमा उटा उखान छ –धन देखे पछि महादेवको पनि त्रिनेत्र । हो, यो उखान एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेसँग ठ्याक्कै मेल खाएको छ । बैंकबाट वार्षिक दुइ करोड बढी सेवा सुविधा लिने सिइओ न्यौपानेले काठमाडौैंको बुढानिलकण्ठ स्थित आफ्नै घर अगाडिको सार्वजनिक जग्गा कब्जा गरेको तथ्य भेटिएको छ ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीका अनुसार सिईओ न्यौपानेले नेपाल सरकारको स्वामित्वमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –२ मा रहेको कित्ता नम्बर १५ र १४७ को जग्गा हडपेर आलिसान महल अघि लोभलाग्दो कम्पाउण्ड बनाएका थिए । उनि यो सरकारी जग्गा नीजि बनाउने योजनामा थिए । तर चौतर्फी विरोध पछि उनले सरकारी जग्गामा बनाएका संरचना हटाउन बाध्य बनेका छन् ।
यस विषयमा बुझ्न एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेलाई सम्पर्क गर्न खोज्ना उनि सम्पर्कमा आएनन् । नापी विभागले न्यौपानेले सरकारी जग्गा मिचेको दाबी गर्दै सरकारको स्वामित्वमा रहेको र उनको नीजि जग्गालाई रेखाङ्क्रित गरिदिएको थियो । त्यसपछि सामाजिक दबाब र नगरपालिकाको निरन्तर ताकेता पछि उनले आलिसान महल अघि सरकारी जग्गामा बनाएको कम्पाउण्ड हटाएका हुन् ।
जग्गा कब्जा मात्र होइन, उनिमाथि बैंकमा किस्ता तिर्न थोरै समय यता उती भयो भने धितोमा राखेको सम्पत्ती कब्जामा लिने, ऋण तिर्न थोरै ढिला भयो भने ग्रााहकको घरमा सुरक्षा गार्ड पठाउने, ऋणीहरुलाई अनेक झमेलामा पारेर सडकको बास बनाउनेलगायका आरोप छन् ।





































