
कराची— इन्धन लागतमा अर्को ठूलो वृद्धि पछि, पाकिस्तानको कराँचीका स्थानीय यातायात व्यवसायीहरूले अधिकारीहरूसँग परामर्श नगरी एकतर्फी रूपमा ३० रुपैयाँ सम्म भाडा बढाएको एआरवाई न्यूजले उल्लेख गरेको छ ।
स्थानीय यातायात व्यवसायीले मनमानी ढंगले बस र कोचको भाडा २० देखि ३० पाकिस्तानी रुपैयाँ वृद्धि गरिएको छ ।
यसअघि कार्यवाहक सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १४ दशमलव ९ पाकिस्तानी रुपैयाँ बढाएको थियो ।
तथ्यांकअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४ दशमलव ९ रुपैयाँले बढेर प्रतिलिटर ३०५ दशमलव ३६ रुपैयाँ पुगेको छ ।