
काठमाडौं । आज तीजको दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ ।
हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् । आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ ।
त्यसपछि भोलीवाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहदैँ आएको छ ।