जोडिनुहोस
  • होमपेज
  • अनुसन्धान ‘बम’ झैँ पड्केला भनेको सलाईको काँटी जति पनि पड्किएनः रवि लामिछाने

अनुसन्धान ‘बम’ झैँ पड्केला भनेको सलाईको काँटी जति पनि पड्किएनः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले गर्ने अनुसन्धानमा आफूलाई पछुतो भएको बताएका छन् ।

आफूले सरकारको अनुसन्धान ‘बम’ झैँ पड्केला भनेको तर सलाईको काँटी जति पनि नपड्किएको टिप्पणी गरे ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताए ।

उनले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको टिप्पणी गरे । लामिछानेले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए ।

‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरू हेर्दा खेरी भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरूले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको रु सन्दिग्ध मान्छेहरूलाई भाग्ने समय दिइयो कि रु मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो रु मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरूको नाम आउने बित्तिकै जुन ढङ्गले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन ।

सलाईको काँटी जति पनि पड्किएन । किनभने जति पनि नामहरू आए उनीहरूले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्ने कुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहन्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नि मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्स गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि अथवा पार्टी भित्रको दबाब तपाईँले थेग्न नसक्नुभएको हो रुयो स्पष्ट पार्नुपर्‍यो’,उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका