धर्मशाला — तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो व्यक्तिगत चिकित्सकको सल्लाहबमोजिम चिसोका कारण आराम गर्ने उनको कार्यालयले आइतबार एक संक्षिप्त विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दलाई लामाका व्यक्तिगत चिकित्सकको सल्लाहमा उनले अत्याधिक चिसोका कारण आराम गर्ने छन् ।’
अक्टोबर २ देखि ४ सम्म तय गरिएको प्रवचन पनि गदेन त्रि रिन्पोछेले दिने भएका छन् ।