जोडिनुहोस
  • होमपेज
  • स्पेनमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा १४ पाकिस्तानी पक्राउ

स्पेनमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा १४ पाकिस्तानी पक्राउ

म्याड्रिड— स्पेनको प्रहरीले १४ पाकिस्तानी मूलका व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले देशमा रहेको संदिग्ध जिहादी नेटवर्कको आवद्ध भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको युरो विकली न्यूजले उल्लेख गरेको छ।

एक महिना अघि इजरायलमा हमासले गरेको आक्रमणपछि देशमा आतंकवाद विरोधी गतिविधि थप निगरानी बढाउँदै स्पेनको सामान्य सूचना आयुक्तको कार्यालयले सुरु गरेको अपरेसनको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। स्पेनी सुरक्षा बलहरूले सम्भावित आक्रमणहरूबाट बच्नको लागि संदिग्धहरूमाथि निगरानी दोब्बर बनाएको यूरो वीकली न्यूजले उल्लेख गरेको छ।

पक्राउ परेकाहरू सबै पाकिस्तानी मूलका हुन् भने उनीहरू क्याटालोनिया, भ्यालेन्सिया, गुइपुज्कोआ, भिटोरिया, लोग्रोनो र लेइडामा बसोबास गर्ने बताइएको छ । प्रहरी स्रोतले स्थानीय दैनिक ला रजोनलाई पक्राउ गरेको पुष्टि गरेको छ।

यी व्यक्तिहरूले एक नेटवर्क बनाएका थिए जसमा जिहादी सन्देशहरू र उच्च स्तरको कट्टरपन्थी अनलाइन प्रसारण गरिएको थियो।

पक्राउ परेका १४ जना पाकिस्तानी जिहादीहरू पाकिस्तानको इस्लामिक चरमपन्थी राजनीतिक पार्टी तहरीक—ए—लब्बैक पाकिस्ता सँग सम्बन्धित छन्।

स्पेनको राष्ट्रिय पुलिसले गत महिना यस्तै आतंकवाद विरोधी अपरेशन गरेको थियो जहाँ पुलिसले चार संदिग्ध जिहादीहरूलाई पक्रेको थियो ,

ती चार संदिग्धहरूलाई ह्युटोर—ताजारको ग्रानाडा नगरपालिका, बार्सिलोनाको क्युबेलेस र म्याड्रिडमा धर्म परिवर्तन र जिहादी भर्ती गरेको आरोपमा पक्राउ गरिएको युरो विकली न्यूजले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options