जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्र बलियो बन्दै, विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्त्रमा वृद्धि

अर्थतन्त्र बलियो बन्दै, विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्त्रमा वृद्धि

काठमाडौं । नेपालको अर्थतन्त्र सुधारको दिशातर्फ अघि बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आवको असोज मसान्तम्म विदेशी मुद्राको सञ्चिति बढेर १६ खर्ब ४३ अर्ब नौ करोड पुगेको छ । गत आवको असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर थियो ।

अमेरिकी डलरमा विदेशी मुद्राको सो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा १४३३ अर्ब ३६ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा असोज मसान्तमा २०९ अर्ब ७३ करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०–८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

असोजमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको विवरण अनुसार असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब ३६ अर्ब असोजमा भित्रिएको हो।

असोजमा एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। रेमिटेन्स गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसपालि ३० प्रतिशतले बढेको हो । असोजमा एक खर्ब ४८ अर्बको आयात भएको छ। आन्तरिक मन्दीले उपभोग्य वस्तुको मागमा कमी आएकाले आयात बढ्न नसकेको हो। तीन महिनामा ४ खर्ब ७ अर्ब बराबरको वस्तु आयात भएको छ।

चालु खाता तेस्रो महिना लगातार बचतमा छ। गत असारमै ७२ अर्ब घाटामा रहेकको चालु खाता असोजमा ५९ अर्ब बचतमा पुगेको छ। शोधनान्तर बचत ९९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। समष्टिगत माग घट्दो दरमा रहेकाले मूल्य वृद्धि केही घटेको छ। भदौमा ८.५ प्रतिशत रहेको महँगीदर असोजमा ७.५ प्रतिशतमा झरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help