जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड, देउवा र कोइरालाबीच एक बुँदे सहमति, गठबन्धन कमजोर हुन नदिने प्रतिवद्धता

प्रचण्ड, देउवा र कोइरालाबीच एक बुँदे सहमति, गठबन्धन कमजोर हुन नदिने प्रतिवद्धता

काठमाडौं। सत्ता गठबन्धनका तीन नेताहरूले कोशीमा मुख्यमन्त्री नियुक्तिको विषयले गठबन्धन कमजोर नहुने बताएका छन् ।

कोशीको विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेका थिए । छलफलपछि कोशीमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो ।

‘हामी वर्तमान सत्ता गठबन्धन प्रति दृढ र स्पष्ट छौ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ एक बुँदे सहमतिमा भनिएको छ ।

कोशीमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्ति भएका छन् । यसअघि गठबन्धनको केन्द्रीय नेतृत्वले माओवादीका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो । कोशीमा शेखर कोइराला पक्षबाट केदार कार्कीले मुख्यमन्त्री दाबी गरेपछि एमाले समर्थन गरी हस्ताक्षर गरेको थियो ।

यसबाट एमालेले सत्ता गठबन्धनमा फुटको बिजारोपण कोशीबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र शेखर कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेका हुन् ।

हेर्नुहोस् एक बुँदे सहमति

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका