जोडिनुहोस

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शुक्रबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।

र, आजै सो विधेयक माथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help