जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

नवलपरासी(पश्चिम) मा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको आरोपमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

जग्गाको विषयमा विवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा भाउजू मिरा गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारको लागि जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा पठाइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्