मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सयभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। भूकम्पमा परी जाजरकोटमा ८५ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो।
जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती भूकम्पका कारण ठाउँ-ठाउँमा सडक अवरुद्ध भएको छ। त्यस्तै, टेलिफोनले समेत काम गरेको छैन्। जसका कारण घाइतेको उद्धारमा कठिनाई भएको छ।
भूकम्पका कारण यहाँ विद्युत सेवासमेत अवरुद्ध भएको छ।