काठमाडौं— शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३६ पुगेको छ । नेपाली प्रहरीले बिहान १२:४५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १३६ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।
जसमा जाजरकोटमा भूकम्पबाट ९८ जनाको निधन भएको छ भने ८१ जना घाइते भएका छन् । यसै गरी, रुकुम पश्चिममा ३८ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।