काठमाडौं— गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६।४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुष गरी १५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।
भूकम्पमा परी सबैभन्दा बढी मृत्यु जाजरकोट जिल्लाबाट भएको छ । जहाँ ७२ महिला र ३३ परुष गरी जम्मा १०५ जनाको मृत्यु भएको छ । यस्तै, रुकुमपश्चिम जिल्लामा २७ महिला २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।
भूकम्पमा जाजरकोट, रुकुमपश्चिम, दैलेख र जुम्ला जिल्लाका १६६ जना घाइते भएका छन् । जसमध्ये पाँच जना डिस्चार्ज भएका छन् । बाँकी १६१ जनामध्ये ३२ जनाको भेरी अस्पताल नेपालगन्ज, २४ जनाको प्रदेश अस्पताल सुर्खेत, सात जनाको टिचिङ अस्पताल काठमाडौँ र बाँकीको जाजरकोट, रुकुमपश्चिमका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।