![थप एक घाइतेको मृत्यु पछि भूकम्पबाट मृत्यु हुनेको संख्या १५४ पुग्यो](https://sagarmatha.tv/wp-content/uploads/2023/11/WhatsApp-Image-2023-11-08-at-12.31.38-1-1024x768.jpeg)
जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालले जानकारी दिएको छ ।
विष्टको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो । यो संगै जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ । हाल कर्णाली प्रदेश अस्पतालमा २६ घाइतेहरुको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।