जोडिनुहोस
  • होमपेज
  • टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

यस्तो छ प्राधिकरणको विज्ञप्तिः

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका