शेयरको भित्री कारोबार इनसाईड ट्रेडिङ गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका उर्जा उत्पादक न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो । विभागले उनीमाथि एक करोड ९९ लाख रुपैंया विगो मागदावी गरेको छ । विभागले गत २३ कार्तिकमा नै न्यौपाने विरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।