इजरायली प्रधानमन्त्रीको कार्यालयले गएको अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।
इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो । ‘इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी गराएका छन्’ इजरायली सरकारले भनेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ ।
घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज–आशेर ९३४०, राज आशेर ९४० र अविव आशेर ९२० रहेका छन् । त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी ९४५० र अमेलिया अलोनी ९५० रहेका छन् । उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर ९७८०, केरेन मोन्डर ९५४० र ओहद मोन्डर ९९० रहेका छन् । उनीहरू बाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोशे ९७२०, हाना कात्जिर ९७६०, मार्गालिट मोजेस ९७७०, हन्ना पेरी ९७९० र याफे अदार ९८५० लाई पनि कैदबाट रिहाइ गरिएको थियो। रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसअघि शुक्रवार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समितिका कर्मचारीहरूलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रवार बिहान ७ बजे स्थानीय समय बाट लागू भएको थियो । शुक्रवार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सोसल मिडिया प्लेटफर्म एक्स पहिले ट्विटरमा पोस्ट गरिएको भिडियो सन्देशमा नेतान्याहुले भन्नु भएको छ ९ हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरू बालबालिका, उनीहरूका आमाहरू र महिलाहरूको फिर्ती पूरा गरेका छौँ।
त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको शुरुवात’ भन्नु भएको छ। उहाँले थप आशा व्यक्त गर्दै थुप्रै बन्धकहरू आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताउनु भएको छ ।
टाइम्स अफ इजरायलले उल्लेख गरे अनुसार प्रत्येक १० इजरायली बन्धकहरूको लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकहरूलाई मुक्त गर्नु पर्नेछ ।
यद्यपि गत अक्टोबरदेखि हमास आतङ्ककारीहरूले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरू सानो सङ्ख्या मात्र हो ।