जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • जब कार्यकक्षमै उपाध्यक्ष कुटिइन्….

जब कार्यकक्षमै उपाध्यक्ष कुटिइन्….

बैतडीको पञ्चेश्वर गाउँपालिकामा उपाध्यक्षमाथि कुटपिट गरिएको छ।

पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टमाथि कार्यकक्षमै कुटपिट गरिएको हो।

सोही गाउँपालिका९३ बस्ने दीपकबहादुर चन्दले मादक पदार्थ सेवन गरी कार्यकक्षमै आएर आफूलाई कुटपिट गरेको उनले बताइन्।

कुर्सीमा बसिरहेकी आफूलाई लछारपछार गरी हातमा बोकेको फलामको पिलासले कुटेको उनको आरोप छ।

कुटपिटका साथै ज्यान मार्ने धम्कीसमेत दिएको हुँदा चन्दमाथि आवश्यक छानबिनका लागि उनले गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई निवेदन दिएकी छन्।

उपाध्यक्षलाई कुटेको आरोप लागेका चन्द्लाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК