जोडिनुहोस
  • होमपेज
  • राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

राप्रपाको कार्यसम्पादन समिति बैठकमा सातवटा एजेण्डा प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न सातवटा एजेण्डा प्रस्तुत गरेका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरुप तयार पार्न गठित कार्यदलको तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको आवश्यकता, औचित्य सम्बन्धी ड्राफ्ट बैठकमा पेश गरेका उनले बताए । प्रवक्ता श्रेष्ठका अनुसार उक्त ड्राफ्टमाथि प्रारम्भिक छलफल सुरु भएको र अन्य एजेण्डामाथि छलफल हुने क्रम जारी छ। अर्को बैठक बिहीबार बिहान ८ बजे पुनः बस्ने उनले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका