एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङ गरिरहेको नेपालले १७ ओभरमा ४६ रन बनाउँदा ५ विकेट गुमाएको छ । नेपालका अर्जुन कुमाल सर्वाधिक २१ रन बनाएर आउट भए । यस्तै तिलक भण्डारी ७, आकाश त्रिपाठी ६, गुल्शन झा १ कप्तान देव खनाल शून्य रनमा आउट भए । अहिले क्रिजमा उत्तम मगर र दिपेश कँडेल छन् ।
बलिङतर्फ पाकिस्तानका मोहम्मद जेशानले २ तथा अमिर हसन, उबैद शाह र अली असफन्दले समान १ विकेट लिए ।