
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
मंगलबार बिहान शितल निवास पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।