जोडिनुहोस
  • होमपेज
  • रास्वपाले ढाकाकुमारको अडिओ प्रकरणबारे आजको केन्द्रीय समिति बैठकबाट निर्णय लिने

रास्वपाले ढाकाकुमारको अडिओ प्रकरणबारे आजको केन्द्रीय समिति बैठकबाट निर्णय लिने

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

बुधबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको हो।

पार्टीबाट समानुपातिकतर्फ सांसद रहेका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरिरहेको छ।

श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको हो।

श्रेष्ठसँग रास्वपाको अनुशासन समितिले अडिओ प्रकरणबारे मंगलबार बयानसमेत लिइसकेको छ।

मेडिकल व्यवसायी प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडिओ आफ्नो नभएको दाबी बयानका क्रममा श्रेष्ठले गरेका छन्। उनले अडिओ एडिट गरिएको दाबीसमेत गरेका थिए।

श्रेष्ठसँग सोधपुछ गरेर अनुशासन समिति प्रमुख भरतमणि देवकोटाले प्रतिवेदन पार्टीमा बुझाइसकेका छन्। उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरी आवश्यक निर्णय लिने तयारीमा रास्वपा छ।

सभापति रवि लामिछानेले पार्टीले श्रेष्ठसँग ७२ घन्टे स्पष्टीकरण सोधेको र त्यस समयभित्रै आवश्यक निर्णयमा पुगिने बताएका थिए।

२ करोड मागेको अडिओ श्रेष्ठकै रहेको पुष्टि भए रास्वपाले सांसद र पार्टीको साधारण सदस्यबाट हटाउन सकिने बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका