जोडिनुहोस
  • होमपेज
  • छिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु १२१ संक्रमित थपिए

छिल्लो २४ घण्टामा कोरोना  संक्रमणबाट एक जनाको मृत्यु  १२१ संक्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना  संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको हो।

यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । बुधबार एक जना सङ्क्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या १२ हजार २२ पुगेको छ ।  पछिल्लो २४ घन्टामा १२१ जनाको कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14