जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • अरुणाचल प्रदेश भारतको अभिन्न अंगः चीनपछि ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको प्रतिक्रिया

अरुणाचल प्रदेश भारतको अभिन्न अंगः चीनपछि ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको प्रतिक्रिया

वाशिंगटनः अमेरिकाले अरुणाचल प्रदेश भारतको अभिन्न अंगको रूपमा रहेको बताइएको छ । चीनले अरुणाचल प्रदेशका विभिन्न ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको यो प्रतिक्रिया आएको छ । उसले कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्ने जनाएको छ ।

चीनले तिब्बतको दक्षिणी भागको रूपमा दाबी गर्ने अरुणाचल प्रदेशका थप ११ स्थानका लागि चिनियाँ नाम घोषणा गरेपछि यो प्रतिक्रिया आएको छ । चीनको नागरिक मामिला मन्त्रालयले आइतबार ११ स्थानको आधिकारिक नाम सार्वजनिक गरेको छ।

भारतले मङ्गलबार चीनले अरुणाचल प्रदेशका केही ठाउँहरूको नाम परिवर्तन गरेको ठाडै अस्वीकार गरेको छ । यो राज्य भारतको अभिन्न अंग हो भनेको छ । भारतले सीमा क्षेत्रमा शान्ति नभएसम्म चीनसँगको सम्बन्ध सामान्य हुन नसक्ने बताउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК