जोडिनुहोस
  • होमपेज
  • सीता दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त

सीता दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्-‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help