जोडिनुहोस
  • होमपेज
  • सरकारी जग्गा हडपेर ‘छायादेवी कम्प्लेस’ बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाहीको माग

सरकारी जग्गा हडपेर ‘छायादेवी कम्प्लेस’ बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाहीको माग

काठमाडौं :  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलस्थित सार्वजनिक पोखरी मिचेर व्यक्तिको नाममा दर्ता गराई व्यापारिक भवन ‘छायादेवी कम्प्लेस’ बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले उनीहरूलाई कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन माग गरेका हुन्।

उनले भने,‘काठमाडौं ठमेलस्थित बौद्ध विहारको सरकारी कमलपोखरी र वारिपरीको सरकारी जग्गासमेत ३०/३५ रोपनी व्यक्तिको नाममा दर्ता गरी व्यापारिक भवन बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन जरुरी छ।’

उनले गत भदाैमा भएकाे प्रतिनिधिसभा बैठकमा उक्त व्यापारिक भवन भत्काउन माग गरेका थिए। ‘भारतको टावर बम राखेर भत्काएजस्तै अनाधिकृत बनेको छाया कम्प्लेस भत्काउन जरुरी छ,’उनले भनेका थिए।

सम्पदा संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस भत्काउनुपर्ने माग गर्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?