जोडिनुहोस
  • होमपेज
  • हाइप्रोफाइल भ्रष्टाचारविरुद्ध युवा संघ नेपालद्धारा माइतीघरमा प्रदर्शन

हाइप्रोफाइल भ्रष्टाचारविरुद्ध युवा संघ नेपालद्धारा माइतीघरमा प्रदर्शन

 

काठमाडौं : हाइप्रोफाइल भ्रष्टाचारविरुद्ध युवा संघ नेपाल (नेकपा एकीकृत समाजवादी) ले आज माइतीघरमा  प्रदर्शन गरेको छ।

उनीहरूले व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेका रास्वपाका ढाकाकुमार श्रेष्ठलगायत भ्रष्टाचारसँग सम्बन्धित पत्रपत्रिकाका न्युज तथा कार्टुनहरूका तस्वीरलाई समेत प्रमाणका रूपमा ब्यानर बनाएका छन्।

श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र पार्टीलाई दुई करोड बुझाउनुपर्ने भन्दै उद्योगी प्रसाईंसँग दुई करोड मागेको पुष्टि भएको भन्दै उनलाई रास्वपाले साधारण सदस्यबाट हटाउँदै सांसद पद पनि खोसेको छ।

माइतीघर मण्डलामा  भएको प्रदर्शनमा  हाइप्रोफाइल भ्रष्टाचारमा संलग्नहरूलाई अविलम्ब पक्राउ गरी छानविन गरेर कारबाही गर्नुपर्ने उनीहरूको माग छ। नक्कली शरणार्थी बनाई अमेरिका लान भनी एमालेका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतलाई कारबाही गर्नुपर्ने  उनीहरूको माग छ।

त्यस्तै, सरकारले कालोबजारी, महँगी, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने उनीहरूले माग गरेका छन्। त्यस्तै, बैंक तथा वित्तीय संस्थाको महँगो ब्याजदर घटाउन पनि सरकारले पहल गर्नुपर्ने उनीहरूको माग छ। मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने र पीडितहरूलाई सरकारले न्याय दिनुपर्ने प्रदर्शनकारीहरूले माग राखेका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help