जोडिनुहोस
  • होमपेज
  • प्रमुख सेनानी अधिकारी नेतृत्वको १३ जनाको टोली आज सगरमाथा सरसफाई अभियनमा

प्रमुख सेनानी अधिकारी नेतृत्वको १३ जनाको टोली आज सगरमाथा सरसफाई अभियनमा

काठमाडौँ– नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज सगरमाथा आधार शिविर पुगेको छ ।

सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरुप सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सेनाको अगुवाइमा यही चैत १४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीले भने चैत १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहर संकलन सुरु गरिसकेको छ ।

 बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् ।

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट यस वर्ष करिब ३५ टन फोहर संकलन गर्ने लक्ष्य छ ।  अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?