जोडिनुहोस
  • होमपेज
  • बंगलादेशद्धारा भारतसँग भिसामुक्त सम्बन्ध विस्तारमा जोड

बंगलादेशद्धारा भारतसँग भिसामुक्त सम्बन्ध विस्तारमा जोड

ढाका— बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले आगामी दिनमा दुवै देशका यात्रुहरूका लागि भारतसँग भिसामुक्त सम्बन्ध स्थापना गर्न खोजेको बताएका छन् ।

‘दुवै देशले भिसा प्रक्रियाको द्रुत समाधानका साथ भिसामुक्त भारत—बंगलादेश सम्बन्धको अपेक्षा गरिरहेको बताएका छन् ।

मोमेनले भने, ‘बंगगलादेश—भारत सम्बन्धको ऐतिहासिक पाइला पछ्याउँदै, दुई देशले द्विपक्षीय व्यापार, शिक्षा, संस्कृति, समाज र प्रविधिमा पारस्परिक उत्कृष्टताका लागि काम गरिरहेका छन्।’

टिस्टाको पानी बाँडफाँडमा बंगलादेश र भारतको साझा सिद्धान्त रहेको र यसको समाधान छिट्टै हुने उनले बताए ।

बंगलादेश र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुमधुर बनाउने र दुई देशको शिक्षा, संस्कृति र व्यापार क्षेत्रको विकास गर्ने उद्देश्यले चारदिने ‘बंगलादेश–भारत मैत्री संवाद’ आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा बंगलादेशबाट ६ मन्त्री र २० सांसदले भाग लिएका थिए भने भारतबाट १४० सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help