जोडिनुहोस
  • होमपेज
  • तेस्रो पटक सर्‍यो कांग्रेस महासमिति बैठक

तेस्रो पटक सर्‍यो कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ। शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्मका लागि सार्ने निर्णय गरेको हो।

यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। तर त्यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सारिएको थियो। योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको छ।

उक्त कार्यसम्पादन बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता विमलेन्द्र निधिले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options