जोडिनुहोस
  • होमपेज
  • साढे ५ लाख बढी नेपाली नक्कली नोटसहित ३ पक्राउ

साढे ५ लाख बढी नेपाली नक्कली नोटसहित ३ पक्राउ

बाँके—बाँके प्रहरीले नक्कली एक हजारको नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २ न्यूरोडबाट मंगलबार बेलुका साढे पाँच बजे तीन युवालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार पाँच लाख ६९ हजार नक्कली एक हजार दरका नोटसहित तीन युवालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ का ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ का ३६ वर्षीय दीपक बिसी र सल्यानको बनगाँड कुपेन्डे नगरपालिका वडा नं ३० का मोहन राना छन्।

गोप्य सूचनाका आधारमा आशंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट साढे ५ लाख बढी नेपाली एक हजारको नक्कली नोटहरु बरामद भएको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options