जोडिनुहोस
  • होमपेज
  • वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा ‘बल्छी ध्रुबे’ पक्राउ

वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा ‘बल्छी ध्रुबे’ पक्राउ

अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)सहित ८ जना पक्राउ परेका छन्।

नेपालमा प्रतिबन्ध गरिएको सो एपबाट सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

‘उहाँ मरिचमानजी पनि वान एक्स बेटमा संलग्न रहेको पाइएपछि अनुसन्धान टोलीले पक्राउ गरेको छ। उहाँसहित ८ जना अहिले पक्राउ परेका छन्,’ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी मनोज केसीले भने।

उनकाअनुसार पक्राउ परेका ८ जनालाई अहिले सार्वजनिक नगरी थप अनुसन्धान गरिँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help