जोडिनुहोस
  • होमपेज
  • मेघालयः भारत—अमेरिकीबीचको संयुक्त सैन्य अभ्यास सम्पन्न

मेघालयः भारत—अमेरिकीबीचको संयुक्त सैन्य अभ्यास सम्पन्न

मेघालय— भारत—अमेरिकी संयुक्त विशेष बल अभ्यासको १४ औं संस्करण को वज्र प्रहार २०२३ मेघालयको उमरोईको संयुक्त प्रशिक्षण नोडमा सफलतापूर्वक सम्पन्न भएको छ ।

यस संयुक्त सैन्य अभ्यासको समापनमा भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले संयुक्त राज्य अमेरिकाको सेना र भारतीय सेनाको विशेष बल दुवैलाई उनीहरूको सराहनीय प्रयासका लागि कृतज्ञता व्यक्त गर्दै बधाई दिएका थिए ।

राजदूत गार्सेट्टीले संयुक्त राज्य अमेरिका—भारत रक्षा साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन मात्र नभई उच्च स्तरको अभ्यासको आदानप्रदान मार्फत अन्तरसञ्चालन क्षमतालाई सुदृढ गर्नमा त्यस्ता द्विपक्षीय संयुक्त सैन्य अभ्यासहरूको निर्णायक भूमिकामा जोड दिए।

उनले यस वर्षको अभ्यासको संस्करणको आयोजना गरेकोमा भारतलाई विशेष धन्यवाद दिए।

संयुक्त अभ्यासमा अमेरिकी विशेष बलको पहिलो विशेष बल समूहका सैनिकहरुले अमेरिकी समूहको प्रतिनिधित्व गरेका थिए।

भारतीय सेनाको टोलीको नेतृत्व पूर्वी कमाण्डका विशेष बलका जवानहरूले गरेका थिए। यस संस्करणको संयुक्त अभ्यास नोभेम्बर २१ देखि डिसेम्बर ११ सम्म सञ्चालन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help