जोडिनुहोस
  • होमपेज
  • मेलम्चीको विकल्पमा थप स्रोतको अध्ययन

मेलम्चीको विकल्पमा थप स्रोतको अध्ययन

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी सुनिश्चित गर्न मकवानपुरको सिस्नेरी, ललितपुरको ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी आपूर्ति गर्न योजना अगाडि बढाएको जानकारी दिए।

उनले भने “उपत्यकामा खानेपानी व्यवस्थापनलाई मेलम्चीमा मात्र भर पर्ने अवस्था छैन। भौगोलिक बनोट र बाढीपहिरोका कारण वा कुनै बेला सुरुङ मर्मत गर्नु पर्दा सो आयोजना बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउन खानेपानीको नयाँ विकल्प खोज्न आवश्यक देखिएको छ।” उपत्यकाको जनसङ्ख्या दिनदिनै बढ्दै गएकाले पनि खानेपानीको नयाँ विकल्पमा मन्त्रालयले काम सुरु गरेको उनको भनाइ छ।

गेलालका अनुसार सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने योजनाको सम्भाव्यता अध्ययन भई अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ। उपत्यका खानेपानी व्यवस्थापन बोर्डमार्फत सिस्नेरी खोला, खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी ल्याउन अध्ययन भइरहेको छ। साढे सात करोड रुपियाँको लागतमा बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) परामर्शदाताले आयोजनाको डीपीआर निर्माण गरिरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit