जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १६ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २५ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • टर्कीको इस्तानाबुलमा पानीको अभाव : पानी बचत गर्न आह्वान

टर्कीको इस्तानाबुलमा पानीको अभाव : पानी बचत गर्न आह्वान

टर्कीको ठूलो शहर इस्तानाबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी बचत गर्न आह्वान गरेका छन्। बुधबार नागरिकहरूलाई सुक्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको बचत गरी भविष्यमा आउनसक्ने समस्यालाई समाधान गर्न आह्वान गरेका हुन्।

इस्तानाबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँध भण्डारण दर गत वर्षको अगस्टमा ६१.८७ प्रतिशत थियो। जुन हालको भन्दा झन्डै दोब्बर हो। अहिले घटेर पानी जम्मा ३३.३७ प्रतिशत मात्रै जम्मा भएको छ।

इस्तानाबुल वाटर एण्ड सिवरेज एडमिनिस्ट्रेशन (आइएसकेआई) को आधिकारिक तथ्यांकअनुसार हाल पानी विगतको वर्षमा भन्दा झन्डै आधाले कम जम्मा भएको छ। शहरका लगभग १६ मिलियन नागरिकहरूलाई आइएसकेआईले पानी बचत गर्ने उपायहरूको सूचीसमेत सिफारिस गरेको छ।

जसमा बिग्रिएका धाराहरूबाट पानी खेर जान नदिनका लागि मर्मत गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने र आफ्ना सवारी साधनहरू सफा गर्दा बाल्टीमा पानी राखेर सफा गर्ने लगायतका उपायहरू सुझाएको छ। जसले गर्दा प्रत्येक व्यक्तिले प्रत्येक वर्ष क्रमशः ६ देखि १६ टनसम्म पानी बचत गर्नसक्ने बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91