जोडिनुहोस
  • होमपेज
  • नेपाल र स्कटल्याण्ड भिड्दै

खेलकुद

नेपाल र स्कटल्याण्ड भिड्दै

  • Sagarmatha TV
  • शुक्रबार, फाल्गुन ५, २०७९
नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं : आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजमा आज नेपालले  स्कटल्याण्डसँग खेल्दैछ।

तीन खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालले घरेलु मैदानमा खेल्न लागेको हो।  टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन्। स्कटल्याण्डसँग पहिलो पटक घरेलु भुमीमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहान्छ।

स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तराष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ।

सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन बनिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV