जोडिनुहोस
  • होमपेज
  • आन्दोलनमा उत्रेका मिटरब्याजी माथि प्रहरीको बल प्रयोग

आन्दोलनमा उत्रेका मिटरब्याजी माथि प्रहरीको बल प्रयोग

काठमाडौं : सरकारसँग वार्ता नमिलेपछि पुन: आन्दोलनमा उत्रेका मिटरब्याजी पीडितहरूमाथि प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेर बल प्रयोग गरेको छ।

शान्तिवाटिकामा शान्तिपूर्ण आन्दोलनमा जम्मा भएका मिटरब्याज पीडितहरूलाई प्रहरीले धरपकड गर्दै लाठी चार्ज र पानीको फोहोरा हानेको हो। झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

नवलपरासीलगायत देशका विभिन्न स्थानबाट आएका मिटरब्याजी पीडितहरूसँग सरकारले समिति बनाएर गृह मन्त्रालयमा वार्ता गरेको भए पनि सहमति हुन नसकेपछि मिटरब्याजी पीडितहरूले वार्ता भंग भएको जनाउँदै पुन: आन्दोलन गर्ने बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14