जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा अध्ययनरत अन्र्तराष्ट्रिय विद्यार्थीमा सबैभन्दा बढी भारतीय विद्यार्थी

अमेरिकामा अध्ययनरत अन्र्तराष्ट्रिय विद्यार्थीमा सबैभन्दा बढी भारतीय विद्यार्थी

नयाँ दिल्ली— संयुक्त राज्य अमेरिकामा अध्ययनरत भारतीय विद्यार्थीले लगातार तेस्रो वर्ष कीर्तिमान तोडेको भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले बताएका छन्् । उनले शैक्षिक सत्र २०२२–२३ मा अमेरिकामा अध्ययन गर्ने भारतीय विद्यार्थीको संख्या २,६८,००० नाघेको खुलासा गरेका छन् ।

‘भारतीय विद्यार्थीहरूले लगातार तेस्रो वर्ष संयुक्त राज्य अमेरिकामा विद्यार्थीहरूको लागि रेकर्ड तोडेका छन्। प्रतिवेदनले २,६८,००० भन्दा बढी भारतीय विद्यार्थीहरू संयुक्त राज्य अमेरिकामा अध्ययन गरिरहेको हम्फ्रे फेलोशिप कार्यक्रमको ४५ वार्षिकोत्सवमा सम्बोधन गर्दै बताए ।

राजदूत गार्सेट्टीले अमेरिकी शिक्षा परिदृश्यमा भारतीय विद्यार्थीहरूको चासो रहँदै आएको बताए । उनले सबै अन्तर्राष्ट्रिय विद्यार्थीमा भारतीय विद्यार्थी एक चौथाई रहेको उल्लेख गरे।

यसबाहेक, उनले भारतले चीनलाई उछिन्दै संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय स्नातक विद्यार्थीहरूको सबैभन्दा ठूलो स्रोत बन्न सफल भएको बताएका छन् ।

‘वास्तवमा, भारतीय विद्यार्थीहरू संयुक्त राज्य अमेरिकामा आउने सबै विद्यार्थीहरूको एक चौथाई हुन्, र भारतले हालै चीनलाई उछिन्दै एक दशक भन्दा बढीमा पहिलो पटक संयुक्त राज्यमा अन्तर्राष्ट्रिय स्नातक विद्यार्थीहरूको अवधिको सबैभन्दा ठूलो स्रोत बन्न सफल भयो।’—अमेरिकी राजदूतले भने।

गार्सेट्टीले संयुक्त राज्य अमेरिका र भारत बीचको विकसित सम्बन्धको महत्त्वलाई जोड दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV