जोडिनुहोस
  • होमपेज
  • चीनको बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको ज्यान गयो

चीनको बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको ज्यान गयो

बेइजिङ– चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा हिजो भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको हो ।

आगलागी लगत्तै खटिएका अग्नि नियन्त्रकले झण्डै ४० मिनेट लगाएर आगो निभाएका थिए । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो । ज्यान गुमाउनेमध्ये कति जना बिरामी थिए खुलिसकेको छैन ।

अस्पतालमा आगो लाग्नुको कारण पनि खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र पूर्ण विवरण आउन बाँकी नै रहेको फेङ्ताई जिल्लाको अग्नि तथा उद्धार विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसअघि सन् २०१७ मा एउटा भवनमा भएको आगलागीबाट १९ जनाले ज्यान गुमाएका थिए । त्यसपछिका वर्षमा चीनमा भएको यो अर्को ठूलो आगलागीको घटना हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate