जोडिनुहोस

हालको खबर

Bisca Online sopra Sagace verso 500 Giri Gratuiti
  • ७ मिनेटutes अगाडि
Mucchio Evidente con Prelievi Trasparenti
  • ८ मिनेटutes अगाडि
Slotornado Confusione Giudizio onesta di Mucchio Asceta
  • ९ मिनेटutes अगाडि
Involto di Commiato Hero Spin 100% fino verso 500 + 200 FS
  • १0 मिनेटutes अगाडि
Pacchetto di Commiato Hero Spin 100% magro per 500 + 200 FS
  • ११ मिनेटutes अगाडि
  • होमपेज
  • ६.६ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम

६.६ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम

काठमाडौं। देशभर चिसो बढ्दै गएको छ। तापक्रम क्रमिक रूपमा घट्दो क्रममा छ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो।

सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो। आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.१ डिग्री सेल्सियस छ। सोमबार जुम्लाको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस थियो। आइतबार जुम्लाको न्यूनतम तापक्रम –३.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

मंगलबार ताप्लेजुङको न्यूनतम तापक्रम ६.०, डडेलधुराको ६.५, ओखलढुंगाको ७.५, वीरेन्द्रनगरको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सिय मापन गरिएको छ। सोमबार ताप्लेजुङको न्यूनतम तापक्रम ६.३, डडेलधुराको ७.०, ओखलढुंगाको ८.३, वीरेन्द्रनगरको न्यूनतम तापक्रम ७.३ मापन गरिएको महाशाखाले जनाएको छ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ।